Hamro Sanchar

अमेरिकी राज्य हवाईमा फैलिएको भीषण डढेलोबाट ५५ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, २६ गते


Advertisement

एजेन्सी, साउन २६-अमेरिकी राज्य हवाईको माउई टापुमा फैलिएको भीषण डढेलोबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।

डढेलोले एक हजारभन्दा बढी भवन भग्नावशेषमा परिणत भएको अधिकारीहरूले बताएका छन् । सबैभन्दा बढी प्रभावित क्षेत्र लाहैनामा २७० भन्दा बढी संरचना ध्वस्त भएको अधिकारीहरूले बताएका छन् ।

माउई टापुमा भित्रिने कुल पर्यटकको ८० प्रतिशत (२० लाख जना)  लाहैनामा जाने गर्छन् । अधिकारीहरूले तीव्र गतिमा फैलिरहेको जंगलको झन्डै ८० प्रतिशत आगो नियन्त्रण भइसकेको बताएका छन् । हवाईका गभर्नर जोस ग्रिनले खोजी र उद्धार कार्य जारी रहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताएका छन् ।

अधिकारीहरूका अनुसार मंगलबार सुरु भएको डढेलो सन् १९६१ को सुनामीले बिग आइल्यान्डमा ६१ जनाको ज्यान लिएयता राज्यको सबैभन्दा घातक प्राकृतिक प्रकोप हो । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले हवाईको डढेलोलाई प्रमुख प्रकोपको घोषणा गर्दै माउई सहरलाई सहयोग गर्न संघीय कोषलाई आदेश दिएका छन् ।


प्रतिकृया दिनुहोस्