Skip

Hamro Sanchar

रोल्पाको त्रिवेणीमा बस दुर्घटना, चार जनाको निधन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, २३ गते


काठमाडौंं, साउन २३– रोल्पामा बस दुर्घटना भएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका–७ रिचिमा बस दुर्घटना हुँदा ४ जनको घटना स्थलमै ज्यान गएको वडा अध्यक्ष भावन बहादुर घर्तीले जानकारी दिएका छन् ।

आज दिउँसो १ बजे परिवर्तन गाउँपालिकाको बागमाराबाट दाङको घोराहि तर्फ जादै गरेको ना ५ ख २६१२ नम्बरको बस सहिद मार्ग सडक खण्ड अन्तर्गत रिचिमा दुर्घटना भएको हो ।

११ जना घाइते मध्ये दुई जनाको अवस्था घम्भीर रहेको घटना स्थलमै रहेका वडा अध्यक्ष घर्तीले बताए । बस सडकबाट करिब १०० मिटर तल खसेको छ । बसमा १५ जना यात्रु सवार थिए । घाइतेको उद्दार कार्य भइरहेको रोल्पा प्रहरीले जनाएको छ । पानी परेर बाटो चिप्लो भएका कारण दुर्घटना भएको हुनसक्ने स्थानीयको भनाई छ ।


प्रतिकृया दिनुहोस्