Skip

Hamro Sanchar

संसद अबरोध हटाउन तीन दलका शीर्ष नेता छलफलमा

सुदिप बर्देवा प्रकाशित : २०८० साउन, २३ गते


काठमाडौं ,साउन २३- साउन १० गते यता भईरहेको संसद अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवालाई छलफलका लागि बालुवाटार बोलाएका छन् । अहिले संसदको गतिरोध हटाउनेबारे छलफल भईरहेको छलफलमा सहभागी एक नेताले बताए ।

राजश्व अनुसन्धान विभागले साउन २ गते त्रिभुवन विमानस्थलबाट गैरकानुनी रुपमा नेपाल भित्रिएको झण्डै एक सय किलो सुन बरामद गरेको थियो । यस सम्बन्धमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले साउन १० गते यता संघीय संसदको दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को बैठक चल्न दिएको छैन ।

उक्त छलफलमा तीन दलका शीर्ष नेता, सभामुख लगाएत संसदीय दलका प्रमुख सचेतकहरु सहभागी छन् ।


प्रतिकृया दिनुहोस्