
काठमाडौं, साउन २२-सत्ता गठबन्धनमा संसदीय समितिको नेतृत्वमा भागबन्डा मिलेको छ । नेपाली कांग्रेसले राज्यव्यवस्था, अर्थ र कृषि समितिको नेतृत्व पाउने भएको छ ।
संयुक्त समितिको नेतृत्व पनि कांग्रेसले नै सम्हाल्ने छ । नेकपा (माओवादी केन्द्र) ले पूर्वाधार र कानुन समितिको सभापति लिने सहमति भएको छ ।
जनता समाजवादी पार्टी (जसपा)ले अन्तर्राष्ट्रिय समिति, नेकपा (एकीकृत समाजवादी) ले शिक्षा र जनमत पार्टीले उद्योग समितिको नेतृत्व पाएको जसपाका प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिए ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सार्वजनिक लेखा समिति, महिला तथा सामाजिक मामिला समिति, राज्यको निर्देशक सिद्धान्त, नीति, दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको नेतृत्व पाउने छ ।


















