Skip

Hamro Sanchar

ललितानिवास प्रकरणमा आफ्नो संलग्‍नता नभएको पूर्वमन्त्री जोशीको स्पष्टोक्ति

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, २२ गते


काठमाडौं, साउन २२- पूर्व भूमिसुधारमन्त्री चन्द्रदेव जोशीले ललिता निवासको सरकारी जग्गा अपचलन प्रकरणमा आफ्नो संलग्नता नभएको स्पष्टोक्ति दिएका छन् ।

आइतबार सर्वोच्च अदालतले जोशीसहित तीन पूर्वमन्त्रीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेपछि सामाजिक सञ्जालमा लेख्दै उनले ललिता निवासको सरकारी जग्गा अपचलन प्रकरणमा आफ्नो संलग्नता नभएको स्पष्टोक्ति दिएका हुन् । जोशीले वर्तमान सरकारले चालेको भ्रष्टाचारविरोधी अभियानमा आफ्नो पूर्ण समर्थन रहेको भन्दै २०६९ असोज १८ गते ललिता निवासबारे मन्त्रिपरिषद्बाट निर्णय हुँदा आफू मन्त्री पदमै नरहेको उल्लेख गरेका छन् ।

‘२०६९ असोज १८ गते ललिता निवासबारे मन्त्रिपरिषद्मा निर्णय हुँदा म मन्त्री पदमा थिइनँ । मन्त्रिपदबाट मैले त्यसअघि नै असोज ४ गतेको मितिमा राजीनामा गरिसकेको थिएँ’, उनले लेखेका छन् छन्, ‘म २०६९ जेठ ३ देखि असोज ४ गते सम्ममात्रै तत्कालीन बाबुराम भट्टराई मन्त्रिपरिषदमा रहेको हुँ।’

उनले तत्कालीन मन्त्रिपरिषदका अर्का सदस्य टोपबहादुर रायमाझीले आफूले सम्हाल्दै आएको मन्त्रालय सम्हालेको जानकारी पनि पाएको बताएका छन् । मन्त्रिपरिषदको समाजिक समितिमा प्रस्ताव जाँदासमेत आफू मन्त्री पदमा नरहेको भन्दै उनले मन्त्री पद छाडेपछि भएको कुनै पनि निर्णयबारे जानकारी नभएको बताएका छन् ।

यसअघि पनि पटक(पटक जानकारी दिएअनुसार नै आदालतको दोस्रो ताकेतापछि आदेश नमान्दा मानहानि गरिएको हुने अवस्था आएपछि लियाजो एजेन्सीको मन्त्रीका रुपमा आफ्नोमार्फत निर्णयका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजान सहमति मात्र दिएको उनले भनाइ छ ।

 


प्रतिकृया दिनुहोस्