Skip

Hamro Sanchar

थली र बौद्ध एरियामा गैरकानुनी रुपमा रकम माग्ने र गुण्डागर्दी गर्ने ५ जना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, १८ गते


काठमाडौँ, साउन १८- काठमाडौँको थली र बौद्ध एरियामा गुण्डागर्दी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका श्याम बहादुर लामा, भीम बहादुर बस्नेत, गोविन्द गजमेर, प्रविण तामाङ र रामेछाप घर भएका बिक्की लामा उर्फ बाफ्ले छन् ।

समूहमा हिँड्ने र धाकधम्की दिएर उनीहरुले थली र बौद्ध क्षेत्रमा गैरकानुनी रुपमा रकम माग्ने गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा. मनोज केसीले बताए । गुण्डागर्दीमा संलग्नहरुले सर्वसाधारणसँग विवाद गरेर डरत्रास र भय सिर्जना गर्ने गरेका थिए ।

समूहमा गएर उनीहरुले सर्वसाधारणलाई कुटपिट समेत गर्ने गरेको गुनासोका आधारमा मंगलबार अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो । आरोपीतहरुलाई थप अनुसन्धान र कारवाहीका लागि प्रहरी वृत्त बौद्धमा पठाइएको एसएसपी केसीले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्