Skip

Hamro Sanchar

अरु त कुरै छाड्नुस्, सुन तस्करीमा आफ्नै परिवार भित्रको कोहि रहेछ भने पनि छोडिन्न : प्रधानमन्त्री प्रचण्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, १६ गते


काठमाडौं, साउन १६- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका छन् । मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिवद्धता जनाएका हुन । प्रधानमन्त्री दाहालले भने, “अरु त कुरै छाड्नुस्, सुन तस्करीमा आफ्नै परिवार भित्रको कोहि रहेछ भने पनि छोडिन्न ।”

साउन ३ गते त्रिभुवन विमानस्थलबाट भित्रिएको करिब एक क्वीन्टल सुन सिनामंगलबाट बरामद भएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्गर्ततको राजश्व अनुसन्धान विभागले उक्त सुन बरामद गरेको थियो । सुन तस्करीको अनुसन्धान राजश्व विभागले नै गर्दै आएको छ । राजश्व अनुसन्धान विभागले नेपाल प्रहरीको समेत सहयोग लिएर अनुसन्धान अगाडि बढाएको छ ।

अनुसन्धान निष्कर्षमा पुग्ने र सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गरिने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता छ ।


प्रतिकृया दिनुहोस्