Skip

Hamro Sanchar

राष्ट्रपतिले गरे मिटरब्याज सम्बन्धी विधेयक प्रमाणीकरण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, १२ गते


काठमाडौं, साउन १२ राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याजीलाई कारबाही गर्न ल्याइएको विधेयक प्रमाणीकरण गरेका छन् ।

‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रपतिले शुक्रबार प्रमाणीकरण गरेका राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै विधेयकले कानुनी रुप लिएको छ र कार्यान्वयनको बाटो खुलेको छ।

विधेयक प्रतिनिधिसभाले गरेको संशोधन स्वीकारसहित राष्ट्रियसभा बैठकले बिहीबार सर्वसम्मतीले पुनः पारित गरेको थियो । त्यसपछि राष्ट्रियसभा अध्यक्षले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएका थिए ।

विधेयकमा कम रकम दिई बढीको लिखत बनाउने, रकम नै नदिई लिखत बनाउने, आपसी लेनदेनको ब्याजलाई मूल ऋणमा जोड्ने तथा त्यस्तो लेनदेनका आधारमा चलअचल सम्पत्ति हडप्नेहरूलाई ७ वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था गरिएको छ ।


प्रतिकृया दिनुहोस्