Skip

Hamro Sanchar

संसद घेराउ गर्न पुगेका लघुवित्त पिडितहरु पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, १० गते


काठमाडौं, साउन १०-लघुवित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै संसद भवन घेराउ गर्न खोज्ने केहि आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लघुवित्त वित्तीय संस्थाहरुले गरिव जनताहरुलाई पीडा दिँदा पनि राज्य मौन भएको भन्दै लघुवित्तिय संस्था विरुद्धको संघर्ष समिति, नेपालको अगुवाइमा संसद भवन घेराउ गर्न खोज्दा १८ जना आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौंको माइतिघरबाट बानेश्वरतर्फ अघि बढ्ने क्रममा निषेधित क्षेत्र तोड्न खोज्दा आन्दोलनकारी र प्रहरीबीच घम्साघम्सी समेत भएको थियो । आन्दोलनमा सहभागीहरुले लघुवित्तका कारण आफुहरु पीडित भएको भन्दै सरकारले समस्या समाधान गर्नुपर्ने माग गरेका थिए । उनीहरुले आफ्ना माग पुरा नभए घर नफर्कने समेत बताएका छन् ।

केही दिनअघि न्याय माग्न काठमाडौं आएकाहरू आज संसद भवन घेराउ गर्न नयाँ बानेश्वरमा भेला भएका थिए । निषेधित क्षेत्र तोडेर संसद भवनतिर बढ्न थालेपछि प्रहरीले उनीहरूलाई अगाडि जान नदिएपछि थप आक्रोशित बनेका थिए ।

नव सामन्तीको रुपमा स्थापित लघुवित्तिय संस्थाहरु खारेज गर्नुपर्ने,सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिव किसानहरुलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने लगाएतका ५ बुँदे माग अघि सार्दे देशभरका लघुवित्त पीडितहरुले काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् ।


प्रतिकृया दिनुहोस्