Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

विराटनगरका दुई क्यासिनोमा प्रहरीको छापा, २० जना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, ७ गते


Advertisement

मोरङ  । मोरङ प्रहरीले विराटनगरका दुई वटा क्यासिनोमा आइतबार राति छापा मारी सञ्चालक र व्यवस्थापकसहित २० जना नेपालीलाई नियन्त्रणमा लिएको छ।

कानूनतः नेपाली नागरिकलाई क्यासिनो प्रवेश निषेध गरिएको छ। तर, नेपालीहरूले निर्वाध रूपमा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो।

​जिल्ला प्रहरी कार्यालय, मोरङबाट खटिएको टोलीले राति ११ बजेतिर एकैसाथ दुई स्थानमा छापा मारेको थियो। रत्ना होटल (गोल्डेन कोइन क्यासिनो) बाट महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेतसहित १४ जना पक्राउ परेका छन्।

बिग होटल (च्याम्पियन जोन क्यासिनो) बाट व्यवस्थापक रामकृष्ण गौतमसहित ६ जना पक्राउ परेका छन्। पक्राउ परेका सबै नेपाली नागरिक हुन्।

क्यासिनोबाट पक्राउ परेका सबैसँग सोधपुछ गर्ने काम भइरहेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए। ‘पक्राउ परेकामध्ये केहीले आफूलाई कर्मचारी दाबी गरेका छन्। हामी उनीहरूको परिचयपत्र र भूमिकाको अनुसन्धान गर्दै छौं। स्क्रिनिङ सकिएपछि मात्र को को विरुद्ध मुद्दा चलाउने भन्ने यकिन हुनेछ,’ कटवालले भने। प्रहरीले पक्राउ परेका नेपालीको पहिचान खुलाएको छैन।

​नेपालको कानून अनुसार क्यासिनोमा विदेशी नागरिकलाई मात्र प्रवेश अनुमति छ। प्रवेशका लागि विदेशी पहिचान खुल्ने परिचयपत्र अनिवार्य हुन्छ। यसअघि पनि नेपालीलाई प्रवेश गराएको भन्दै ‘हेलो सरकार’ लगायतका निकायमा उजुरी परेको थियो।


प्रतिकृया दिनुहोस्