Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बंगलादेशमा शेख हसिनाविरोधी अर्का नेतालाई घरभित्रै गोली हानियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, ७ गते


Advertisement

काठमाडौं । बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाविरोधी अर्का नेतामाथि आक्रमण भएको छ।

बंगलादेशी सञ्चारमाध्यमका अनुसार राष्ट्रिय नागरिक पार्टी (एनसीपी) का नेता मोहम्मद मोतालेब शिक्दरलाई सोमबार दिउँसो खुलनामा रहेको उनको घरभित्रै गोली हानिएको हो।

रिपोर्टअनुसार आक्रमणकारीहरूले मोतालेबको टाउकोमा सिधै गोली हानेका थिए, यद्यपि स्थानीयले अस्पताल पुर्‍याएकाले उनको ज्यान बचेको छ। गम्भीर घाइते उनको हाल उपचार भइरहेको छ।


प्रतिकृया दिनुहोस्