Skip

Hamro Sanchar

पौड्यालको संयोजकत्वमा रिटर्नी नेपाली युनिटी फोरम गठन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, ९ गते


काठमाडौं, साउन ९- विभिन्न देशमा गएर स्वदेश फिर्ता भएका नेपालीहरूको एक भेलाले प्रविण पौड्याल संयोजक रहेको एक सय एक सदस्यीय केन्दीय कमिटी गठन भएको छ ।

नेकपा (एकीकृत समाजवादी) निकट रहेका विदेशबाट स्वदेश फिर्ता भएका युवाहरूको भेलाले स्वदेश फिर्ति नेपाली एकता मञ्च (रिटर्नी नेपाली युनिटी फोरम)  गठन भएको हो  ।

मंगलबार काठमाण्डौमा भएको  भेलाबाट समितिको सह संयोजकमा पेम साङबो शेर्पा  र सचिवमा दिपेश सिंजाली मगर चयन गरेको छ ।

नेकपा एकीकृत समाजवादीका प्रवास इञ्चार्ज श्रीप्रसाद शाहको प्रमुख अतिथ्यतामा भेला सम्पन्न भएको हो ।

भेलाले विभिन्न देशमा गएर स्वदेश फिर्ता भएका नेपालीहरूलाई एकीकृत गर्ने समेत निर्णय गरियो ।


प्रतिकृया दिनुहोस्