
काठमाडौं, साउन ९- बागलुङमा मृत भेटिएका वरिष्ठ सईको हत्याको आशंकामा होटेल संचालन गर्ने आमा-छोरालाई प्रहरीले पक्राउ गरेको छ।
बडिगाड गाउँपालिका-६ खालबजारस्थित आशा होटलमा मंगलबार बिहान २ बजे प्रहरी वरिष्ठ सई उज्वल पौडेल मृत फेला परेको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ पर्नेमा ४५ वर्षीया आशा कुँवर र उनका २० वर्षीय छोरा बिनोद छन्।
प्रहरीले उनी मृत भेटिएकै होटलको घरबेटी र उनका छोरालाई पक्राउ गरेको हो। अनुसन्धानको सिलसिलामा शंका लागेकाले जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
यस घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

















