Skip

Hamro Sanchar

पत्रकार कुटेको आरोप लागेका रास्वपा जिल्ला संयोजक खड्का पार्टीबाट निलम्बन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, ९ गते


बझाङ, साउन ९-राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का बझाङ जिल्ला संयोजक नगेन्द्र खड्कामाथि कारवाही भएको छ ।

जिल्लाका एक पत्रकारलाई कुटेको आरोपमा विवादमा आएका खड्कालाई रास्वपाले पार्टीबाट निलम्बनको कारवाही गरेको हो । रास्वपाको अनुशासन समितिको सिफारिसमा महामन्त्री डा.मुकुल ढकालले खड्कालाई निलम्बन गरेको जनाइएको छ ।

बझाङको सामुदायिक रेडियो खप्तड आवाज र नेपाल एडलक अनलाइनमा कार्यरत पत्रकारलाई घरबाटै अपहरण गराएर होटलमा लगी कुटेको आरोप लागेको थियो । नेपाल पत्रकार महासंघ बझाङ शाखाले विज्ञप्ति जारी गर्दै पार्टी संयोजक खड्कामाथि कारवाहीको माग गरेको थियो भने रास्वपाको अनुशासन समितिले पनि जाँचबुझ गरेको थियो ।


प्रतिकृया दिनुहोस्