Skip

Hamro Sanchar

कोशी प्रदेश सरकारविरुद्धको मुद्धा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ भोली

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, ९ गते


विराटनगर, साउन ९- कोशी प्रदेश सरकारका विरुद्धको मुद्धा आज हेर्दाहेर्दैमा राखिएको छ ।

सर्वोच्च अदालतको पूर्ण इजलासमा आजदेखि सुनुवाइ भएको मुद्धा बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको हो । आज रिट निवेदक कोशी प्रदेशका निर्वतमान मुख्यमन्त्री तथा नेकपा ९एमाले० प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीका तर्फबाट अधिवक्ताहरु टीकाराम भट्टराई, भीमार्जुन आचार्य, बद्रीबहादुर कार्कीलगायतले बहस गरका थिए भने प्रतिवादी मध्ये सरकारका महान्यायाधिवक्ता दिनमणी पोखरेललगायतले बहस गरेका छन् ।

सभामुख सहित अन्य प्रतिवादी र मुख्यमन्त्री उद्धवथापाका तर्फबाट निजी वकिलहरुले भने उक्त मुद्दामाथि बहस गर्न बाँकी छ । उक्त मुद्दामाथिको सुनुवाई भोलि बिहान ११ बजेपछि हुने जनाइएको छ । मंगलबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा उक्त मुद्दा सुनुवाई सुरु भएको हो ।


प्रतिकृया दिनुहोस्