Skip

Hamro Sanchar

जनमत पार्टीले बोलायो केन्द्रीय समिति बैठक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, ९ गते


काठमाडौं, साउन ९- जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

विभिन्न समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कार्यकारिणी समिति, राजनीतिक समितिसहित केन्द्रीय समितिको बैठक बोलाइएको प्रवक्ता शरदसिंह यादवले जानकारी दिए । बैठक साउन १८ गते बिहान ७ बजे काठमाडौंमा बस्ने यादवले जानकारी दिए। बैठक क्वालिटी ब्याङ्क्वेट बुद्धनगरमा बस्ने छ ।

‘महत्त्वपूर्ण एजेन्डा त छैन । केही नयाँ सदस्य थपिएका छन् । सबै गरेर ३ सय हाराहारी केन्द्रीय सदस्य भएका छौं । आपसमा चिनजान गर्ने र अनुभव बाँड्ने ध्येयले बैठक आह्वान भएको हो,’ उनले भने । केन्द्रीय सदस्यहरूलाई नागरिकता प्रमाणपत्रको प्रतिलिपि, मतदाता परिचय पत्रको प्रतिलिपि, एक प्रति पासपोर्ट साइजको फोटो ल्याउन भनिएको उनले बताए ।

‘नयाँ सदस्यको कागजात राख्नुपर्ने हुन्छ, परिचय पत्र पनि बनाउनुपर्ने भएकाले नागरिकता प्रमाणपत्रको प्रतिलिपि, मतदाता परिचय पत्रको प्रतिलिपि मागिएको हो,’ उनले भने ।


प्रतिकृया दिनुहोस्