Skip

Hamro Sanchar

चाँगुनारायण नगरपालिकामा ११ वर्षकी बालिकाद्वारा आत्महत्या

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, ९ गते


भक्तपुर, साउन ९- भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ६ फेदीमा ११ वर्षकी बालिकाले आत्महत्या गरेकी छन् ।

फेदीस्थित रामकुमार गिरीको २ तले कच्ची घरको माथिल्लो तलाको भान्सा कोठामा झुण्डिएर सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउपालिका घर भई हाल डेरा गरी बस्ने अभिषेक थामीकी ११ बर्षिया आशिका थामीले काठको निदालमा तन्नाको पासो लगाई आत्महत्या गरेकी हुन् ।

छोरीले आत्महत्या गरिराखेको अवस्थामा निजको बुबा अभिषेक थामीले देखी पासो काटी हेर्दा मृत्यु भइसकेको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।

हाल शव घटनास्थलमा रहेको परिसरका एसपी प्रजित केसीले बताए ।

घटनास्थल लास जाच मुचुल्काको लागी परिसर भक्तपुरबाट प्रहरी पुगेको बताइएको छ ।


प्रतिकृया दिनुहोस्