Hamro Sanchar

सुन तस्करी प्रकरणः विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित दुईजना निलम्बित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, ५ गते


काठमाडौँ, साउन ५- सुन तस्करी प्रकरणमा छानबिन गर्न भन्सार विभागले विमानस्थल भन्सार कार्यालयका दुईजना कर्मचारीलाई निलम्बन गरेको छ ।

बुधबार बेलुका समातिएको १ सय किलोभन्दा बढी सुन तस्करी प्रकरणमा संलग्नता देखिएपछि उनीहरुलाई निलम्बनको गरिएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार निलम्बनमा पर्ने भन्सारका जाँच पास अधिकृत सन्तोष चन्द र जाँचकी कुमार ढकाल रहेका छन् । क्याथे प्यासिफिक एयरलाइन्सबाट काठमाडौँ आएको सुन तस्करी गरेको आरोपमा राजस्व अनुसन्धान विभागले चिनिया नागरिक जीक्वाङ लिन सहित १० जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

भन्सार कार्यालयका कर्मचारीको संलग्नता छानबिन गर्न भन्सार विभागले छानबिन समिति बनाएको छ । भन्सार विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेल नेतृत्वको टोलीले त्यसबारे छानबिन गरिरहेको छ ।

छानबिनका लागी भन्सार एजेन्ट यादव पराजुलीलाई पनि निलम्बन गरिएको स्रोतले बताएको छ ।


प्रतिकृया दिनुहोस्