
काठमाडौं, साउन २– पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक शुरु भएको छ ।
झन्डै एक वर्षपछि शुरु भएको यो बैठकलाई पार्टीभित्र र बाहिरबाट समेत महत्त्वका साथ हेरिएको छ ।
कांग्रेसभित्र एक वर्षको बीचमा विभिन्न विवाद र कलह भए पनि केन्द्रीय समितिको बैठक बस्न सकेको थिएन । गएको मङ्सिरमा भएको चुनावको नतिजाबारे समेत कांग्रेसले केन्द्रीय समितिको बैठकमा समीक्षा र छलफल गर्न सकेको थिएन ।
साेमवार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले केन्द्रीय समिति बैठकका लागि १० वटा एजेन्डा तय गरेको छ । बैठकको प्रत्यक्ष प्रसारण भइरहेको छ ।

















