Skip

Hamro Sanchar

सीताले मृत्यु निकै शान्त रोजिन् : प्रधानमन्त्री प्रचण्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, २ गते


काठमाडौँ, साउन २- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्नी सीता दाहालले मृत्यु पनि निकै शान्त रोजेको बताएका छन् । मंगलबार बालुवाटारमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले सीता विरामी भएपछि राज्यबाट कुनै सुविधा नलिईकनै उनलाई उपचारका लागि आफूहरू हरतरहबाट लागिपरेको बताए ।

“उनी थला नै परेपछि उनको अन्तिम अवस्था दुःखदायी र कष्टप्रद हुन्छ कि भन्ने हामीलाई चिन्ता थियो । अन्तिम अवस्थामा अस्पतालकाले आईसीयू वा भेन्टिलेटरमा पीडादायी मृत्युवरण देख्नुपर्छ कि भन्ने हामीलाई चिन्ता थियो,” प्रचण्डले भक्कानिँदै भने, “तर, बाँच्दासम्म अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि निकै शान्त रोजिन् । साढे ७ बजे हामीले हस्पिटल लगेको झन्डै ८ः३० बजे हामी सबैबाट बिदा भइन् ।”

प्रचण्डले आफ्नी धर्मपत्नी सीता दाहालको निधनमा समवेदना प्रकट गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

मंगलबार बालुवाटारमा आयोजित श्रद्धाञ्जली सभामा उनले शोकको घडीमा पाएको साथले पीडाबाट निस्कन मद्दत गरेको बताए । उनले देश र समाजप्रति जिम्मेवार हुन प्रेरित महसुस गरिरहेको पनि बताए ।

 


प्रतिकृया दिनुहोस्