Hamro Sanchar

कोशी किनारमा किशोरीहरूको ग्याङफाइट, एक जना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, १ गते


काठमाडौं, साउन १- सुनसरीको बराहक्षेत्रस्थित सप्तकोशी नदी किनारमा किशोरीहरूको ग्याङफाइट भएको छ । सप्तकोशी किनारमा किशोरीहरुको समूहले किशोरीहरुको अर्को समूहमाथि निर्घात रुपमा कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बराह क्षेत्र १० प्रकाशपुरकी १९ वर्षीया प्रीति लिम्बु रहेकी छन् ।

घटनामा संलग्न अरु चार जना फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।

घटनामा संलग्न बराह क्षेत्र ९ बस्ने १९ वर्षीया सन्जिता राई, १९ वर्षीया निहाङ राई, बराह क्षेत्र ८ सैनिक टोल बस्ने १८ वर्षीया दुर्गा राई र बिनिता उरावँको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा बराह क्षेत्र ८ की १७ वर्षीया सन्ध्या परियार, १६ वर्षीया नविना विश्वकर्मा र राजाबासकी १९ वर्षीया मनिषा राईलाई पाँच जनाको समूहमा रहेका किशोरीहरुले निर्घात कुटपिट गरेका थिए ।

कुटपिटमा संलग्नहरुले आफ्नो अस्मितामा आँच आउने गरी अरु कसैलाई पोल खोलिदिएको भन्दै झुक्याएर सप्तकोसी किनारमा बोलाएर निर्घात कुटपिट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलासा भएको छ ।


प्रतिकृया दिनुहोस्