Hamro Sanchar

नाबालिगलाई क्लब छिर्न दिएको आरोपमा एलओडीका म्यानेजर पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, १ गते


काठमाडौं, साउन १- काठमाडौं प्रहरी परिसरले चर्चित नाइट क्लब एलओडीका दुईजना कर्मचारीलाई पक्राउ गरेको छ । म्यानेजर सहदेव स‍ेढाई र काउन्टरमा काम गर्ने सपना ढुंगानालाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले यसअघि सन्चालकहरु घटना भएको दिन क्लबमा नआएको र उनिहरु लगानीकर्ता मात्र भएकाले सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छाडेको बताउँदै प्रत्यक्ष संलग्न देखिएका कर्मचारीलाई नियन्त्रणमा लिइएको बताए ।


प्रतिकृया दिनुहोस्