काठमाडौँ, साउन १- नक्कली भुटानी शरणार्थी प्रकरणमा असार २८ गते पक्राउ परेर हिजो जिल्ला अदालत काठमाडौँको आदेशमा रिहा भएका केशव तुलाधर पुनः पक्राउ परेका छन् ।
ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा काठमाण्डौ असनका तुलाधरको संलग्नता देखिएका कारण पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए ।
उनले भने, ‘भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका तुलाधर हिजो १५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए, ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा उनको संलग्नता देखिएपछि हामीले पक्राउ गरेका छौँ ।
पक्राउ परेका तुलाधरलाई अहिले जिल्ला प्रहरी परिसर काठमाण्डौमै राखिएको र सोमवार आज केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीलाई आवश्यक अनुसन्धानका लागि बुझाइने प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले जानकारी दिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका भन्दै यही असार २८ गते उनलाई काठमाण्डौ उपत्यका अनुसन्धान कार्यालयको टोलीले काठमाण्डौको सानो भर्याङबाट पक्राउ गरेको थियो ।