
काठमाडौं, असार ३१- राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा बैठकमा अवरोध गरेका छन् ।
आइतबार बसेको बैठकमा ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०’ संसदमा पेश गर्न सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत नगरेको भन्दै राप्रपा र रास्वपाले संसद अवरोध गरेका हुन् ।
तर सभामुख देवराज घिमिरेले भने संसदमा सो विधेयक पेश गर्न आफूले निर्णयार्थ प्रस्तुत गरी बहुमतले स्वीकृत भएको बताएका छन् ।
अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

















