
विराटनगर, असार २९- लगातार झरी परेपछि इटहरी उपमहानगरपालिकाले आज विद्यालयमा सार्वजनिक बिदा दिएको छ ।
लगातार वर्षा भइरहेको र जल तथा मौसम विज्ञान विभागले अझै भारी वर्षा हुने सूचना जारी गरेकोले उपमहानगर क्षेत्रका सबै विद्यालय बिदा दिइएको बताइएको छ । मेयर हेम कर्ण पौडेलद्वारा जारी सूचनामा स्थानीय विदाबाट कट्टा गर्ने गरी आज एक दिनका लागि बिदा दिइएको उल्लेख छ ।

















