Hamro Sanchar

ललिता निवास प्रकरण : थप दुई जना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, २४ गते


काठमाडौं, असार २४- बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेस आर्चायका अनुसार पक्राउ पर्नेमा धुव्रप्रसाद अर्याल र र लोकहरि घिमिरे छन् । अर्याल र घिमिरेलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।

आरोपी अर्याल तत्कालीन नापी कार्यालय काठमाडौंबाट ललिता निवासको जग्गा नाप जाँचमा खटिएका सर्वेक्षक हुन् । घिमिरे समरजंग कम्पनीका प्रमुख थिए ।

सीआइबीका अनुसार आज पक्राउ परेका थप दुई जनासहित ललिता निवास प्रकरणमा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सीआइबीका अनुसार यस प्रकरणमा केही पूर्व सचिव, बहालवाला सचिव र पूर्वमन्त्री समेत संलग्न भएको प्रमाण प्रहरीले फेला पारेको छ ।


प्रतिकृया दिनुहोस्