
काठमाडौं । नेकपा एमालेले भोलि केन्द्रीय समितिको बैठक बोलाएको छ। नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक भोलि १ बजे कार्की ब्याङ्केटमा बस्नेगरी बोलाएको हो।
अध्यक्ष केपी शर्मा ओलीसहित सिङ्गो पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज भइसकेको छ। जारी ११ औँ महाधिवेशन समापन समारोह अहिले जारी छ।

















