Hamro Sanchar

कागेश्वरीमा जाग्दै माओवादी केन्द्र, सामाजिक काममा होमिदै नेताकार्यकर्ता

सुदिप बर्देवा प्रकाशित : २०८० असार, २३ गते


काठमाडौं, असार २३- कागेश्वरी मनोहरा नगरपालिकामा नेकपा (माओवादी केन्द्र)कागेश्वरी मनोहरा नगरसमिती जागेको छ । नगरवासीहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै सरसफाइ तथा वृक्षारोपण जस्ता सामाजिक काममा नेताकार्यकर्ता होमिएका छन् ।

नेकपा (माओवादी केन्द्र)कागेश्वरी मनोहरा नगरसमिती द्वारा आयोजित बृक्षारोपण कार्यक्रम शनिबार सम्पन्न भएको छ । वडा न ८ स्थित नवतन धाम वरपर सरसफाइ तथा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो।

सरफाइ तथा बृक्षा रोपण कार्यक्रममा नवतन धाम मन्दिर वरिपरि सरस्फाइ तथा २०० बोट कपुर र धुपीका बिरुवा रोपिएको छ । सरफाइ तथा बृक्षा रोपण कार्यक्रममा नवतन धाम मन्दिर क्षेत्रका जनताले खुसि व्यक्त गर्दै कागेश्वरी नगर्लाइ सफा राखेर हरियाली बनाउन नेकपा (माओवादी केन्द्र)कागेश्वरी मनोहरा नगरसमितीले थालेको अभियान सह्रानीय भएको बताउदै यस अभियानलाई साथ दिने बताएका छन् ।

कार्यक्रममा पार्टी जिल्ला इन्चार्ज कुमार पौडेल, जिल्ला सचिब महेश्वर फुयाल नगर अध्यक्ष भोला चापागाई, नगर सचिब गौरीशंकर ऐरि तथा कागेश्वोरी मनोहरा नगरपालिका भित्र रहेका ९ वटै वडाका माओवादी केन्द्रका कार्यकताहरुको

सहभागी थिए । सरसफाइ पश्चात निस्किएको फोहोर व्यवस्थापनका निम्ति निराकार सरसफाइलेले गाडी उपलब्ध गराएको थियो ।

नेकपा (माओवादी केन्द्र)कागेश्वरी मनोहरा नगरसमितीले अब हरेक शनिबार नगरपालिका भित्रका बिभिन्न क्षेत्रमा सरसफाइ तथा बृक्षारोपणको कार्यक्रम संचालन गर्ने भएको छ ।


प्रतिकृया दिनुहोस्