विराटनगर, असार २३- कोशी प्रदेश सरकारमा दुर्गा चापागाई (सचिन) तत्काल नजाने भएका छन् । यो सँगै प्रचण्डका ज्वाइँ जीवन आचार्य मन्त्री बन्ने पक्का भएको छ ।
सचिनले आज बिहान सामाजिक संजाल फेसबुकमा पोस्ट गर्दै भनेका छन् “कोशी प्रदेश सरकार निर्माण सम्बन्धमा नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलभित्र माननीय ज्यु हरुले राख्नु भएको आलोपालो गरौ भन्ने राय, सुझावलाई आत्मासात गर्दै म यसपटक सरकार मा नजाने निष्कर्ष मा पुगे ।”
शुक्रबारका लागि जीवनको सफत ग्रहण नेकपा माओवादी केन्द्र बाट सरकारमा को जान्ने भन्ने आन्तरिक विवादका कारण रोकिएको थियो ।
यसअघि हिक्मत कार्की नेतृत्वको सरकारमा चापागाईँ र आचार्य दुवै मन्त्री भएका थिए । कोशी प्रदेश सरकारको नेत्रित्व हेरफेर भएसंगै प्रचन्डले यसपटक आफ्ना ज्वाईं जीवन आचार्यलाई मन्त्री बनाउने निर्णय लिएका थिए । यद्यपी माओवादी कोशी प्रदेश कमिटीले आचार्य भन्दा सिनियर भन्दै दुर्गाप्रसाद चापागाईँलाई मन्त्री बनाउने भनेपछि जीवनको शुक्रबारका लागि तय भएको शपथ रोकिएको थियो ।
जीवन प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डका ज्वाइँ समेत हुन् भने दुर्गा चापागाई अत्यन्त निकटतम मानिन्छन ।