Skip

Hamro Sanchar

प्रधानमन्त्रीले राजीनामा नदिए संसद चल्न नदिने एमाले अडान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, २२ गते


काठमाडौं, असार २२- प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिए संसद बैठक चल्न नदिने अडान राखेको छ ।

बैठक चलाउनका लागि अहिले बसिरहेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने त्यसमा तलमाथि नहुने अडान राखेको छ ।

गत सोमबार सरदार प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचनका क्रममा प्रधानमन्त्री प्रचण्डले सिंह आफूलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली गएको विवादास्पद अभिव्यक्ति दिएका थिए ।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले नेपाल राष्ट्रको सार्वभौमिकता र संसदको मानहानी गरेको भन्दै प्रमुख प्रतिपक्षी एमालेले उनको राजीनामा मागेको छ ।

यही विषयमा एमालेले असार २० गतेको प्रतिनिधि सभा बैठक अवरोध गरेको थियो । प्रतिनिधि सभा बैठक शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

आजै एमालेले राष्ट्रिय सभामा पनि यही विषयमा अवरोध गरेको छ ।


प्रतिकृया दिनुहोस्