Skip

Hamro Sanchar

श्रीलंका भ्रमणमा रहेका अध्यक्ष नेपाल स्वदेश फिर्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, २१ गते


काठमाडौं, असार २१- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल श्रीलंकाबाट स्वदेश फर्किएका छन् । उनि बिहीबार मध्याह्न १२ बजे आइपुगेका हुन् ।

अध्यक्ष नेपाल श्रीलंकन कम्युनिष्ट पार्टीको ८० औँ स्थापना दिवसको कार्यक्रममा सहभागी हुन तथा दक्षिण एसियाका कम्युनिष्ट पार्टीहरुको बैठकमा सहभागी हुन सोमबार श्रीलंका गएका थिए ।

अध्यक्ष नेपाललाई स्वागत गर्न पार्टीका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेसहित नेता कार्यकर्ताहरु सहभागि थिए ।

नेपालले बुधबार त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गरेका थिए ।

श्रीलंकाका राष्ट्रपति रणिल विक्रमसिंघेसँग भएको शिष्टाचार भेटवार्तामा दुई देशबारे छलफल भएको बताइएको छ । राष्ट्रपति निवासमा अध्यक्ष नेपालले ४५ मिनेट कुराकानी गरेका थिए । यस्तै, अध्यक्ष नेपालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणवद्र्धनेसँग पनि बुधबार साँझ भेटवार्ता गरेका थिए । प्रधानमन्त्री निवासमा करिब १ घण्टा पाँच मिनेट लामो शिष्टाचार भेटमा दुई देशको भाइचारा सम्बन्ध, एसियाका मुलुकहरुमा विकसित घटनाक्रमबारे वार्ता भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।

शिष्टाचार भेटमा नेपाल र श्रीलंकाबीच पुरानो मित्रता रहेको बताउँदै दुवै देशले एकअर्कालाई आवश्यक सरसहयोग गर्न सकिने विषयमा पनि छलफल भएको बताइएको छ ।


प्रतिकृया दिनुहोस्