Skip

Hamro Sanchar

रवि लामिछानेलाई राहत : सांसद पद खारेज गर्न माग गर्दै दायर रिट सर्वाेच्चद्वारा खारेज

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, १३ गते


चितवन, असार १३- राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवनका प्रतिनिधिसभा सदस्य रवि लामिछानेले संवैधानिक इजलासबाट राहत पाएका छन् ।

चितवनबाट दोस्रोपटक निर्वाचित सांसद लामिछानेको सांसद पद खारेजीको मागदाबीसहित परेको मुद्दालाई बुधबार संवैधानिक इजलासले खारेज गरिदिएको हो ।

युवराज सफल पौडेलले गत जेठ १० गते निर्वाचन आयोगसहितलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए । राहदानी दुरुपयोग लगायतका विषय उठाउँदै रिट निवेदनमा रवि लामिछाने सांसद बन्न अयोग्य रहेको दाबी गरिएको थियो । प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्लसहितको संवैधानिक इजलासले उक्त रिट निवेदन खारेज हुने ठहर गरेको हो ।


प्रतिकृया दिनुहोस्