Hamro Sanchar

छात्रवृत्ति नदिने काठमाडौंका ३९ निजी विद्यालयलाई एक लाखसम्म जरिवाना

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, ६ गते


काठमाडौं, असार ६- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले हालसम्म पनि छात्रवृत्तिको विवरण उपलब्ध नगराउने निजी विद्यालयलाई कारबाही स्वरुप एक लाख रुपैयाँसम्म जरिवाना तिराउने बताएका छन् ।

कामपाले यसअघि नै सार्वजनिक सूचना जारी गरी गत जेठ अन्तिमसम्म सबै निजी विद्यालयलाई नियमअनुसार छात्रवृत्ति बुझाएको विवरण पेस गर्न आग्रह गरेको थियो ।

तोकिएको समय सीमा पार गरिसक्दासम्म अझै केही विद्यालयले विवरण नबुझाएकाले उक्त विद्यालयलाई एक लाख जरिवानासहित विवरण ल्याउन अन्तिम पटक प्रमुख शाहले आग्रह गरेका छन् ।

अझै कामपाको आग्रहमाथि आनाकानी गरे कामपाको शिक्षा ऐन २०७५ को दफा ५७ को उपदफा ४ बमोजिम सम्बन्धित विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्नेसम्मको चेतावनी प्रमुख साहले सामाजिक सञ्जालमार्फत दिएका छन् ।

हाल कामपा क्षेत्रभित्र भएका ५०४ निजी विद्यालयमध्ये ४६५ वटाले छात्रवृत्ति बुझाएको विवरण पठाएका छन् । त्यसबाट लक्षित वर्गका १३ हजारभन्दा बढी विद्यार्थी छात्रवृत्ति प्राप्त लाभ लिएका कामपाका प्रमुख साहले जानकारी गराएका छन् ।


प्रतिकृया दिनुहोस्