Hamro Sanchar

प्रधानन्यायाधीशमा कार्कीको नाम अनुमोदन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, १ गते


काठमाडौं, असार १- संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन भएको छ ।

बिहान ८ बजेदेखि शुरु भएको वैठकमा समितिका सदस्यहरु र कायममुकायम प्रधानन्यायाधीश कार्कीबीच प्रश्नोत्तर सकिएपछि समितले सर्वसम्मत रुपमा कार्कीको नाम अनुमोदन गरेको हो ।

अब कार्कीकाे प्रधानन्यायाधीश नियुक्तिको बाटो खुलेको छ । कार्की वैशाख २५ गते प्रधानन्यायाधीश सिफारिस भएका थिए ।

त्यतिबेला संसदीय समिति गठन नै नभएका कारण बिहीबारदेखि मात्रै उनको सुनुवाइ सुरू भएको थियो । बिहीबार कार्कीले आफ्नो वार्षिक कार्ययोजना र योग्यता प्रस्तुत गरेका थिए ।

उनले न्यायिक क्षेत्रको विचलन ६० प्रतिशत रोक्न सफल भएको बताएका थिए । आफूले गोला प्रथा लागू गरेपछि न्यायिक विचलन कम हुँदै गएको र स्वच्छता गर्ने दिशामा अगाडि बढेको प्रधानन्यायाधीश कार्कीको दाबी थियो ।


प्रतिकृया दिनुहोस्