
काठमाडौं, जेठ ३२- भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नेकपा एकीकृत समाजवादी निकट पत्रकारको संगठन समाजवादी प्रेस संगठनका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजना गरिएको कार्यक्रममा समाजवादी प्रेस संगठनका नवनिर्वाचित अध्यक्ष बिश्वमणी सुबेदी, संगठनका उपाध्यक्ष, उपमहासचिव, सचिव तथा देशका विभिन्न स्थानबाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्यहरुको उपस्थिती थियो ।
सो अवसरमा मन्त्री ज्वालाले समाजवादी प्रेस संगठनका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्दै, समाजवादी प्रेस संगठनले अन्य संगठनभन्दा छुट्टै पहिचान बनाएर अगाडि बढ्ने बिश्वास व्यक्त गरे ।
कार्यक्रममा आफ्नो धारणा राख्दै संगठनका अध्यक्ष सुबेदिले समाजवादी प्रेस संगठन सधैभरि श्रमजीवी पत्रकारको पक्षमा रहेको र यसका लागि सरकारले सहयोग गर्नुपर्ने बताए ।
यहि जेठ २६ र २७ गते काठमाडौंमा आयोजित समाजवादी प्रेस संगठनको प्रथम अधिबेशनबाट बिश्वमणी सुबेदिको अध्यक्षतामा अन्य पदाधिकारी निर्वाचित भएका थिए ।