Hamro Sanchar

बालेन शाहले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नु भारतविरुद्धको प्रतिक्रिया : सांसद पन्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, ३२ गते


काठमाडौं, जेठ ३२- नेकपा एमालेका सांसद रघुजी पन्तले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नु भारतको हेपाहा व्यवहारविरुद्धको प्रतिक्रिया भएको बताएका छन् ।

बिहीबार संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पन्तले मेयर शाहले ग्रेटर नेपालको नक्सा राख्नु भारतको हेपाहा व्यवहारविरुद्धको प्रतिक्रिया भएको बताएका हुन् । उनले भारतले नेपालको भूमी समावेश गराएर नक्सा राख्नु आपत्तिजनक भएको बताए ।

 


प्रतिकृया दिनुहोस्