Hamro Sanchar

कागेश्वरी मनोहरा-७ मा मेयर कार्कीले गरे ऐतिहासिक रानीधारा उद्घाटन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, २६ गते


काठमाडौं, जेठ २६- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-७ स्थित पुनःनिर्मित रानीधारा उद्घाटन गरिएको छ । रानीधारा घनामंगल युथ फोरम सोसाइटी मार्फत नगरपालिकाको सहयोगमा पुनःनिर्माण गरिएको रानीधारा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले बिहिबार एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा मेयर कार्कीले ऐतिहासिक महत्वका कला-संस्कतिलाई नगरपालिकाले प्राथमिकताका साथ अघि बढाएको बताए । अहिलेका पुस्तामाथि इतिहासलाई संरक्षण गर्ने दाहित्व रहेको बताउदै मेयर कार्कीले अब जगतजंग स्मृति संग्रहालय स्थापना गर्ने बताए । साथै स्थानीय स्तरको विकास गर्न जनताले आफै अग्रसरता देखाउनु पर्ने उनको भनाइ छ ।

कार्यक्रममा उपमेयर शान्ता थापाले रानीधारा संरक्षणमा जोड दिइन् ।

यसैगरी सो वडाका वडाअध्यक्ष भीमसेन थापाले पुराना मौलिक सम्पदालाई पुनर्जीवित गर्न पाएकोमा खुसी व्यक्त गरे । आफ्नो प्रतिबद्धताअनुसार नै रानीधारा पुनःनिर्माण गरिएको अध्यक्ष थापाको भनाइ छ ।

कार्यक्रममा घनामंगल यूथ फोरम फर सोसाइटीका अध्यक्ष भिसेन न्यौपानेको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, स्थानीय बिभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयको उपस्थिति रहेको थियो ।

गत बर्ष अर्थात् २०६९ साल भदौ ३ गते रानीधारा निर्माणको लागि शिलान्यास गरिएको थियो ।

 

 


प्रतिकृया दिनुहोस्