स्याङ्जा, जेठ २४- पन्चमुल शिरुबारीबाट स्याङ्जा फर्कदै गरेको जिल्ला समन्वय समिति स्याङ्जाको स्कर्पियो अर्जुनचौपारीमा दुर्घटना भएको छ ।
स्कर्पियोमा सवार चारजना मध्ये एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका -३ खोले स्थित भित्री सडकखण्डमा बा १ झ ५८७८ नम्बरको स्कर्पियो सडकदेखी अन्दाजी ५० मिटर तल खसी दुर्घटना हुँदा चालक स्याङ्जा वालिङ् न.पा.-४, एलादी बस्ने ३५ वर्षे अमृत रिजालको मृत्यु भएको हो भने गाडीमा सवार जिल्ला समन्वय अधिकारी राजेन्द्र अधिकारी साथै टिकाराम पौडेल र अम्बिका पौडेल घाइते भएका हुन् ।
घाइते ३ जनालाई उपचारका लागि जिल्ला अस्पताल स्याङ्जा लगिएको छ ।