
काठमाडौं, जेठ २४- नेकपा एकीकृत समावादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले नागरिकता विधेयक प्रमाणीकरण पछि प्रवासी नेपालीहरु खुसी भएको बताएका छन् । प्रवासी नेपाली एकता मञ्चको पहलमा अष्टेलिया र न्यजिल्याण्डको भ्रमण सम्पन्न गरि स्वदेश फर्किएका अध्यक्ष नेपालले लामो समयदेखि रोकिएको नागरिकता विधेयक प्रमाणीकरण पछि प्रवासी नेपालको समस्या समाधान भएको प्रति उनीहरू उत्साहित भएको बताए ।
उनले अष्ट्रेलियामा नेपालबाट नेपाली बिमान सिदै जानका लागि पहल भइरहेको जानकारी पाएको उल्लेख गरे । प्रधानमन्त्रीको भारत भ्रमणका बारेमा आफू बाहिर रहदा पनि प्रधानमन्त्री र नेताहरुसँग कुराकानी गरेको अब यस विषयमा थप छलफल गर्ने उनले बताए ।
त्यस्तै उनले बजेटका विषयमा आएका चर्चाका विषयमा आफू जानकार रहेको भन्दै यस विषयमा पनि प्रधानमन्त्रीसँग छलफल गर्ने जानकारी दिए । सगरमाथाको आरोहणको ७० औं वर्षदिवसको कार्यक्रम सहभागी भएर अध्यक्ष नेपाल स्वदेश फर्किएका हुन् ।

















