Hamro Sanchar

एकीकृत समाजवादीका नेता केशवलाल श्रेष्ठ एमालेमा फर्कने तयारीमा, च्यासल पुगे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, २१ गते


चितवन, जेठ २१- चितवन एकीकृत समाजवादीका नेता केशवलाल श्रेष्ठ एमाले केन्द्रीय कार्यालय च्यासल पुगेका छन् ।

श्रेष्ठले आफू विगतका तीतामीठा भुलेर एमालेले एकीकृत कम्युनिष्ट आन्दोलन पुनःनिर्माणको अगुवाइ गरोस् भन्ने प्रस्ताव लिएर गएको बताएका हुन् । तत्कालिन नेकपा विभाजन गरी समाजवादी गठन गर्न महत्वपूर्ण भूमिका खेलका श्रेष्ठ चितवनका स्थायी बासिन्दा हुन् । उनी एकीकृत समाजवादीका उपाध्यक्ष छन् । अर्का उपाध्यक्ष मुकुन्द न्यौपाने एमालेमा समाहित भएसँगै श्रेष्ठ पनि एमालेमा फर्कने तयारीमा छन् ।

तत्कालिन समयमा एमाले विभाजन भएर बामदेव गौतमले माले गठन गर्दा पनि श्रेष्ठ मालेतिर लागेका थिए । पछि बामदेव गौतमसँगै उनी एमालेमा फर्किएका थिए ।


प्रतिकृया दिनुहोस्