चितवन, जेठ २०- पूर्वी चितवनको रत्ननगर नगरपालिका–१५ हातेमालो टोलमा श्रीमानले आफ्नी श्रीमतीमाथि छुरा प्रहार गरेका छन् । स्थानीय राजन रेग्मीले आफ्नी श्रीमती अनिता रेग्मीलाई आज बिहान छुरा प्रहार गरेको वडाध्यक्ष आशिक तामाङले जानकारी दिए ।
छुरा प्रहारबाट गम्भिर घाइते भएकी अनिताको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । लामो समय देखि घरायसी विवादका कारण रेग्मी दम्पती सम्बन्ध विच्छेद गर्ने अबस्थामा पुगेका थिए ।
शुक्रबार राती श्रीमान र श्रीमती बीच झगडा परेको थियो । उनीहरुका एक छोरा दुई छोरी छन् । विहान साढे छ बजे छोरा शौचालय गएको मौका छोपी राजनले श्रीमतिलाई छुरा प्रहार गरेको प्रहरीले जनाको छ । राजन रेग्मी फरार छन् ।