Hamro Sanchar

कागेश्वरी मनोहराको खहरेमा टिपर र निशान ठोक्किँदा एक जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, १६ गते


काठमाडौं, जेठ १६- काठमाडौंमा टिपर र गाडी ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका-९ खहरे गोठाटारमा टिपर र निशान गाडी ठोक्किँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार राति बा.५ ख ११६० नम्बरको गाडी र ना.८ ख ३५४४ नम्बरको टिपर ठोक्किएको थियो ।

उक्त दुर्घटना हुँदा गाडीका चालक रामेछाप मन्थली गाउँपालिका-७ घर भई काठमाडौंको तेजबिनायक बस्ने १९ वर्षीय डिलबहादुर माझीको मृत्यु भएको हो ।

दुर्घटनापछि गम्भीर घाइते भएका माझीको उपचारको लागि ट्रमा सेन्टर लगिएको थियो ।

त्यहीँ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनापछि घाइते भएका टिपर चालकको पनि सोही अस्‍पतालमा उपचार भइरेहको छ ।


प्रतिकृया दिनुहोस्