Skip

Hamro Sanchar

रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने चयन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, १८ गते


काठमाडौँ । रास्वपा संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले लामिछानेलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।

सो पार्टीको आजै बसेको केन्द्रीय समिति बैठकले उनलाई संसदीय दलको नेतामा प्रस्ताव गरेको थियो । बैठकले सभापति लामिछानेलाई दलको नेता चयन गरेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए ।

वैशाख १० गते भएको उपनिर्वाचनमा लामिछाने चितवन २ बाट प्रनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । यस्तै बैठकले सचेतकमा निशा डाँगीलाई चयन गरेको प्रमुख सचेतक परियारले जानकारी दिए । त्यसअघि दलको नेता रहेका डीपी अर्यालले लामिछाने निर्वाचित भएलगत्तै राजीनामा दिएका थिए ।


प्रतिकृया दिनुहोस्