Hamro Sanchar

सिन्धुलीमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु, एक घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, १७ गते


सिन्धुली । बीपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–२ को पिपलभन्ज्याङ घुम्तीमा आइतबार बिहान भएको कार दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट सिन्धुली आउँदै गरेको बा ८ च ९१३५ नम्बरको कार सडकबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना हुँदा काभ्रे पनौती ७ का ४२ वर्षीय शिवशरण भुक्षिमय र सिन्धुलीको मरिण गाउँपालिका ३ ठेगाना भई हाल काठमाडौं गौरीघाटकी ३८ वर्षीय सहारा पर्साईंको मृत्यु भएको सिन्धुली प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिए ।

कारमा तीनजना सवार थिए । दुर्घटना परी घाइते प्यूठानका योगेन्द्र थापाको सिन्धुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अर्को सवारीलाई साइड दिँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको आकलन छ ।


प्रतिकृया दिनुहोस्