
काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरेको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि झापामा प्रदेश नामाकरणको विषयमा आन्दोलन गरिरहेकाहरूले आक्रमण गरेपछि एमाले र उसका भ्रातृ संगठनहरू प्रधानमन्त्रीविरुद्ध उत्रिएका छन् ।
विषयलाई लिएर बिहीबार अनेरास्ववियुले प्रदर्शनी मार्गस्थित आरआर क्याम्पस अगाडि प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो । पुत्ला दहनमा प्रहरीले हस्तक्षेपसमेत गरेको थियो ।


















