Hamro Sanchar

प्रधानमन्त्री ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीबीच छलफल

टिआरसी विधेयक लगायतका मुद्दामा सहमति जुटाउने प्रयास

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, ८ गते


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ । दुई नेताबीच सिंहदरबारमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।प्रधानन्यायाधीश नियुक्ति, संसदीय समिति गठन र टिआरसी विधेयक लगायतका मुद्दामा सहमति जुटाउने प्रयासस्वरुप दुई नेताबीच छलफल भएको बुझिएको छ ।

यसअघि बुधबार बसेको संवैधानिक परिषदको बैठकमा संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले प्रधानन्यायाधीश नियुक्तिका लागि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको प्रस्ताव गरे पनि अध्यक्ष ओलीले असहमति जनाएका थिए ।त्यसक्रममा ओलीले संसदीय समितिको पूर्णता दिएर मात्रै प्रधानन्यायाधीश नियुक्तीको प्रक्रिया सुरु गर्नुपर्ने बताएका थिए ।


प्रतिकृया दिनुहोस्