Hamro Sanchar

आज थप १०८ जनामा कोरोना संक्रमण पुष्टि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, ६ गते


Advertisement

काठमाडौं । देशमा पछिल्लो २४ घण्टामा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७८ जनाको पीसीआर परीक्षण गर्दा ५५ मा र १६७२ जनाको एन्टिजेन परीक्षण गर्दा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३८६ पुगेको छ । यो अवधिमा ६६ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । हाल भेन्टिलेटरमा तीन जनाको उपचार भइरहेको छ भने आईसीयूमा ७ जना छन् । यस्तै संस्थागत आइसोलेसनमा २१ जना विरामी रहेका छन् ।


प्रतिकृया दिनुहोस्