Skip
आज : २०८२ कार्तिक २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, ५ गते


काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बस्दै छ। संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बानेश्वरस्थित संसद् भवनमा बस्नेछ।

बैठकका लागि सम्भावित कार्यसूची पनि सार्वजनिक गरिएको छ। जसअनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८र०७९’ पेस गर्नेछन्।

यसैगरी प्रधानमन्त्री प्रचण्डले नै राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।


प्रतिकृया दिनुहोस्