Skip

Hamro Sanchar

बालकोटमा ढल खन्‍ने क्रममा पुरिएर श्रमिकको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, ४ गते


काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका २ स्थित बालकोटको रागिनी हाइट भन्ने ठाउँमा ढल खन्ने क्रममा पुरिएर एक श्रमिकको मृत्यु भएको छ । आइतबार साँझ ढल खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर २२ वर्षीय नितेश ऋषिदेवको मृत्यु भएको हो । सुनसरी गढी गाउँपालिका २ का स्थायी बासिन्दा २२ वर्षीय ऋषिदेवको मृत्यु भएको भक्तपुर जिल्ला प्रहरी परिसरका डीएसपी बसन्त पाठकले जानकारी दिए ।

पाठकका अनुसार बालकोटमा बस्दै आएका ती श्रमिक ठेकेदारमार्फत् ढल निर्माणको काममा संलग्न थिए । घटनापछि घाइते भएका ऋषिदेवलाई अस्पताल लगिएको थियो । भक्तपुर इन्टरनेसनल अस्पतालले उनलाई मृत घोषणा गरेको डीएसपी पाठकले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको पनि उनले बताएका छन् ।


प्रतिकृया दिनुहोस्