Skip

Hamro Sanchar

सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई हाने गोली, घटनास्थलमै मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, ४ गते


काठमाडौँ । दाङ तुलसीपुर कारागारमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई गोली हानेका छन्। आइतबार बेलुकी कारागारको सुरक्षामा खटिएका तुलसीपुर ८ टिकरीका ३५ वर्षीय वशन्त केसीले आफैंलाई गोली हानेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले बताए।

बेलुकी ८ः४० बजेतिर उनले डीयूटीमै रहेको हतियारबाट कन्चडमा गोली हानेका हुन्। उनको घटनास्थलमै ज्यान गएको छ। ४८ नम्बर रिजर्भ गुल्म कपिलवस्तुमा कार्यरत केसी केहीदिन अघिमात्रै कारागार सुरक्षामा खटिएका थिए। घटनाबारे थप अनुसान्धन गर्ने डीएसपी अधिकारीले बताए।


प्रतिकृया दिनुहोस्